Friday 25th September 2026

छुट्टै सम्पन्न घले समुह एनआरएनएको उपाध्यक्षमा उमेश पुडासैनी


शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । काठमाडौंमा  सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ ।

घले समूहबाट अध्यक्षमा चयन भएका कुँवर दक्षिण कोरियामा व्यवसायमा संलग्न छन् । म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भएका उनी करिब ३० वर्षअघि कोरिया पुगेका थिए । उनी हाल कोरियामा व्यवसायमा स्थापित छन् ।  सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हुँदै सन् २००९–११ मा कोरियाको अध्यक्ष भए । त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए । २०१५–०१७ मा आईसीसी सदस्य बनेका उनी २०१७–०१९ को कार्यकालमा भने एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरे । पछिल्लो समय २०१९–२०२१ को कार्यकालमा भने उनी सोही पदमा पराजित बनेका थिए ।अध्यक्षमा चयन भएपछि उनले एनआरएनए विशुद्ध गैरराजनीतिक र सामाजिक संस्था भएकाले आफूले सोही अनुसार भूमिका खेल्ने बताए । उनले एनआरएनएहरुबीच अझै एकताको विकल्प नभएको बताउँदै त्यसका लागि आफूले पहल गर्ने पनि बताए । ‘एनआरएनएलाई एउटै मालामा उनेर जानुपर्छ । केही मतभेद पक्कै देखिएका छन्’, उनले भने, गल्ती कहाँबाट भयो सबै इमानदार भएर सच्याएर अघि बढ्नेतर्फ लाग्नुपर्छ ।’

त्यसै गरि एनआरएनए कुवेतका बर्तमान समितिका उपाध्यक्ष उमेश पुडासैनी समेत घले समुहको एनआरएनएको केन्द्रीय उपाध्यक्षमा चयन भएका छ केन्द्रीय उपाध्यक्ष चयन हुना साथ पुडासैनीले कुवेत शाखाको उपाध्यक्ष पदबाट राजिनामा दिएका छन

घले समुहको एनआरएनएको निर्बाचित कार्यसमिति यसप्रकार रहेको छ 

अध्यक्ष- बिनोद कुँवर (साउथ कोरिया)
उपाध्यक्ष- उमेश पुडासैनी (कुवेत)
उपाध्यक्ष- थर्क सेन (बेलायत)
उपाध्यक्ष- बाबु राम लामा (अमेरिका)
उपाध्यक्ष- सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)
उपाध्यक्ष- महिला-भोमा लिम्बु (अष्ट्रेलिया)
महासचिव- जानकी गुरुङ (बेल्जियम)
सचिव- जुनु गुरुङ (कोरिया)
कोषाध्यक्ष- डिला राम खरेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक- केशब कडेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक- अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका)
क्षेत्रीय संयोजक- युरोप- उल्का घिमिरे (बेल्जियम)

 


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...