राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तोकिएको समयसीमा भित्रै आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा…
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्। राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्। धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति…
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ…
चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ । रिपोर्टका अनुसार जेठसम्म वैदेशिक…
राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो। ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिनु भएको छ। केन्द्रीय अनुशासन…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन्। रास्वपाका मन्त्रीहरु अहिले सामुहिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुावाटार जान लागेका छन्। रास्वपा उपसभापतिसमेत रहेका श्रम मन्त्री डिपी अर्यालले आफूहर सामुहिक रुपमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जान…
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो। तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले…
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो । सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि…
मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ । यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट…