जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४० वर्षीय शहदेव खड्कालाई आर्थिक सहयोग प्रदान गरेको छ। घाँटीजस्तो संवेदनशील अंगमा क्यान्सर रोगको उपचार गराइरहेका आर्थिक अवस्था कमजोर भएका खड्काको स्वास्थ्यलाभको कामना गर्दै समाजले ५१.५०० कुवेती दिनार (नेपाली रुपैयाँ २५…
कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली…
कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी जनवरी १, २०२७ मा आयोजना गरिनेछ। गत वर्ष सम्पन्न निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले कार्यक्रम समापनकै क्रममा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी…
कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेत ले तमू (गुरुङ) समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व तमू ल्होछार आगामी जनवरी १, २०२७ (पौष १७ गते, शुक्रबार) विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। “गुरुङ जातिको मौलिक पहिचान, जातीय उत्थान र एकताका निम्ति सम्पूर्ण तमू एक…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्। शाखाको १७औँ स्थापना दिवसका अवसरमा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा जिमीलाइ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो। नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यममा सक्रिय रहेका…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित कुवेतको सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त अबसरमा जम्मा १०२…
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा…
युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट बनाउन चलखेल भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयले यस्ता समाचार भ्रामक, आधारहीन र तथ्यहीन रहेको दाबी गर्दै वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी…
कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD 150) शुल्क निर्धारण गरेको छ। यो व्यवस्था आन्तरिक मन्त्रालयको निर्णय नं. १०९१/२०२६ मार्फत लागू गरिएको हो। नयाँ संशोधनअनुसार, भिजिट भिसामा कुवेत आएका योग्य व्यक्तिहरूले रेसिडेन्सीमा परिवर्तन गर्दा अनिवार्य रूपमा उक्त…
वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिन, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र वैदेशिक रोजगारसम्बन्धी नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्। व्यवसायीहरूको आरोप छ कि हालको फ्री भिसा, फ्री टिकट…
![]()