तितोपाटी - इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन्। इथियाेपियाका दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको हाे। निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि ज्वदे नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी…
तितोपाटी - श्रीलंकामा राजनीतिक संकट गहिरिंदै गएको छ । गत शुक्रबार मात्रै त्यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासंङ्घेलार्इ प्रधानमन्त्रीबाट हटाएर पुर्व राष्ट्रपति समेत रहेका महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्री नियुक्त गरेपछि स्थिति जटिल बन्दै गएको हो । यसैबिच श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको बैठकलाई स्थगित गरेका छन्। प्रधानमन्त्री…
तितोपाटी - पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका उनीहरुलार्इ शनिबार इस्लामावादस्थित सैनिक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हाे। उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ। सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको…
तितोपाटी - अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए। पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार 'सबै यहुदीहरू मर्नुपर्छ' भन्दै बन्दुकधारीले गोली चलाएका थिए। राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा…
तिताेपाटी – चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए…
बीबीसी हत्या गरिएका पत्रकार जमाल खासोग्गीकी प्रेमिकाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार गरेकी छिन् । ट्रम्पले खासोग्गीको हत्या अनुसन्धानमा इमान्दारिता नदेखाएको भन्दै ट्रम्पको निम्तो अस्विकार गरेको जानकारी दिएकी छिन् । हेटिस सेन्गिजले टर्कीको एक टेलिभिजनलाई उक्त अनुसन्धान अमेरिकी सर्वसाधारणको विचारलाई प्रभावित तुल्याउनका लागि मात्र लक्षित भएको…
तितोपाटी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो। ‘मोदीनोमिक्स’ मार्फत उनले भारतमा धनी र गरिवबीचको आर्थिक एवं सामाजिक बाधा न्यूनीकरण गर्न उनको कामको प्रसंशा गर्दै पुरस्कृत गरिएको हो।…
बीबीसी साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खसोग्गीको हत्याको मामलामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् । राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ साथै उनले टर्कीसँग कुनै मनमुटाव नगर्ने बताएका छन्…
तितोपाटी - एसियाका पूर्वप्रधानमन्त्री इभो सानाडरले युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले उनलाई सजाय दिनुपर्ने फैसला सोमबार गरेको बताइएको छ । पूर्वप्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको स्रोतसाधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।…
तितोपाटी - चीनले विश्वकै लामाे समुन्द्री पुलकाे निर्माणकार्य सम्पन्न गरेकाे छ। चिनियाँ सहर जुहाईकाे हुँदै मकाउ जाेड्ने विश्वकै लामो याे पुल अक्टाेबर २४ बाट खुल्ला हुने भएकाे हाे। ५५ किलोमिटर लामे पुललार्इ एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले उद्घाटन गरेका छन्। याे पुल पर्ल रिवर एस्चुरीकाे लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएकाे छ। २०…
![]()