तितोपाटी - इटलीको उत्तर पश्चिममा रहेको जेनेओवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा अन्य १५ जना गम्भीर घाइते भएका छन् । अधिकारीले १२ जना हराइरहेको पनि जानकारी लिएका छन् । घटनास्थलबाट पाइएको जानकारी अनुसार पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ…
तितोपाटी - इटालीको उत्तरी सहर जिनोआमा मंगलबार पक्की पुल भत्किंदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार पुल भांचिदा तीव्र गतिमा गुडिरहेका कारहरु करिब ९० मिटर तल बजारिएका थिए । सञ्चारमाध्यमहरुमा सार्वजनिक दृश्यहरुमा भीषण हावाहुरीपछि पुल खसेको देखिन्छ । पुल भत्केपछि केही कार रेलमार्गमा तथा गोदाम रहेको भवनमा खसेका…
तितोपाटी - सिरियाको उत्तर-पश्चिमी प्रान्त इड्लीबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्। विद्रोहीको पकडमा रहेको इड्लीबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्र भण्डार रहेको ठानिएको छ। पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्। हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौँ विद्रोही…
तितोपाटी - इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको छ। पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो। करिब ४० मिनेटको मात्र…
तितोपाटी - भारतको तटीय राज्य केरलामा बाढीले ११ जिल्ला जलमग्न भएका छन् । बाढीले २९ जनाको मृत्यु भएको छ भने ५४ हजार व्यक्ति घरबारविहीन भएका छन् । सरकारले शिविरमा आश्रय लिइरहेका उनीहरूलाई राहत उपलब्ध गराउन थालेको जनाएको छ । विपद् उद्धार टोलीका साथै भारतीय जल, थल सेना पनि राहत कार्यमा जुटेको छ…
तितोपाटी - इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने…
तितोपाटी - विश्व प्रतिष्ठित फिल्म अवार्ड ‘अस्कर’मा यस वर्षदेखि नयाँ विधा थपिने भएको छ। कलात्मक फिल्मले मात्र अवार्ड उचालिरहने आरोप खेपेको आयोजकले यस वर्षदेखि दर्शकले रुचाएका चर्चित फिल्मलाई पनि चर्चित फिल्मको मनोनयनमा राख्ने निर्णय पारित गरेका छन्। अवार्ड आयोजक अस्कर एकेडेमीको मंगलबार बसेको बोर्ड बैठकले मुख्य तीन कुरामा परिवर्तन गर्ने निर्णय…
तितोपाटी - अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । सुख्खाका कारण न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाका…
तितोपाटी - पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ। बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो। तर रुसले भने आक्रमणमा संलग्नता नरहेकाे बताउँदै अाएकाे…
तितोपाटी - इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ । उद्धारकर्ताहरू भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै यो संख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको…