Wednesday 24th September 2025
विविध
Image

तितोपाटी - उदयपुरको त्रियुगा नगरपालिकाको साउनेमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राइका अनुसार सोही स्थानका २० वर्षे युवा किशोर नेपाली करणी गरेको आरोपमा पक्राउ परेका हुन् । अन्दाजी वर्ष ४५ की (रमुमाया) परिवर्तित नाम…

Image

तितोपाटी - बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब चार क्वीन्टल खुट्टा र टाउका भेटाएको हो । जाडो याममा बढी माग हुने भएकाले खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि…

Image

तिताेपाटी - राजविराजस्थित सतारुढ नेकपाको पार्टी कार्यालयमा चोरीको बिजुली बल्ने गरेको पाइएको छ  । राजविराज–७ मदननगरस्थित साबिकको एमाले पार्टी कार्यालय (हाल नेकपाको कार्यालय) मा लामो समयदेखि हुकिङ गरी बिजुली बालिने गरिएको हो । अाजको कान्तिपुरमा खबर छ-साबिकमा एमाले पार्टी कार्यालय रहेको उक्त भवन अब नेकपाको कार्यालयका रूपमा प्रयोग गर्ने सहमति भइसकेको छ ।…

Image

तिताेपाटी - अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताए । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब…

Image

तिताेपाटी -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताव गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै…

Image

तिताेपाटी - प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत…

Image

तितोपाटी - उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालले आमा छोरीलार्इ बन्धक बनाएको छ । सप्तरी भारदहकी रेनुदेवी खड्गाकी तीन महिने छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् । असोज ३१ गते छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जचाएकी थिइन् । क्लिनिकले…

Image

तितोपाटी - उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको माटो खन्दै गर्दा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम…

Image

तितोपाटी - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलार्इ सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो । काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर…

Image

तितोपाटी - सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् ।गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। बिहान ८ बजे गोली प्रहारबाट…