तितोपाटी-दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।…
तितोपाटी-कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो…
तितोपाटी-करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी । गाउँमै परिवारसँगै बसेर कतारमा जस्तै संघर्ष गर्न उनलाई जाँगर पनि चल्यो । फर्किएलगत्तै तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा साताव्यापी तालिम लिए । कतारको दुःख…
सन्तोष पोखरेल/मिनराज भण्डारी- मनाङको हुम्देसम्म नियमित उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर ग-यो। पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङगुरुङ लगायत १५ जना सवार थिए। पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको…
तितोपाटी - नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् । बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे…
तितोपाटी- वैदेशिक रोजगारीले आर्थिक रुपमा घरगाउँ सम्पन्न बन्दै गए पनि यसले सामाजिक विकृतिहरु पनि भित्र्याइरहेको छ । विशेष गरी वैदेशिक रोजगारीले वैवाहिक सम्बन्धहरु भत्काइरहेका खबरहरु बारम्बारजसो आउने गरेका छन् । कतिपय यस्ता खबर त सुन्दा नै अचम्म लाग्दा समेत हुने गरेका छन् यस्तै घटना बझाङमा घटेको छ । एक युवकले…
तितोपाटी- बिहीबार कास्की घर भएका एलेन गुरुङको परिवार त्रिभुवन विमानस्थलबाट अपहरणमा परे । भद्रपुरबाट काठमाडौँ आएका एलेनको ८ महिनाको छोरा र श्रीमतीलाई ४ जनाको समूहले अपहरण गरेका हुन् । सिन्धुपाल्चोकका दिनेश लामा, चन्द्रागिरी नगरपालिका सतुङ्गलका सुशील उप्रेती, नुवाकोटका मिलन राई र नागार्जुन नगरपालिका सितापाइलाका बिनेश पहरीले एलेनको परिवारलाई अपहरण गरेका…
तितोपाटी- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका…
तितोपाटी- नेपाल जस्तै रमणीय हावापानी भएको मलेसिया नेपाली बेरोजगार युवाहरूका लागि एउटा प्रमुख श्रम बजार बनेको छ। नेपालबाट पहिलोपटक मलेसिया जाने जो कोही त्यहाँ पाइलैपिच्छे नेपाली भेट्दा आश्चर्यचकित हुन सक्छ। विश्व प्रख्यात पेट्रोनास ट्विन टावरको फेदीमा दर्जनौँ नेपाली सुरक्षा गार्ड भेटिन्छन्। विशाल सपिङ कम्प्लेक्स ‘केएलसिसी’ भित्र पनि चिटिक्क परेको पोसाकमा…
तितोपाटी- सोमालियामा २० लाख मानिस भोकमरीमा पर्ने खतरा रहेको बताइएको छ । २०११ देखि सोमालियामा यस्तो खतरा निम्तिएको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो । यस्तो समस्याबाट उम्किन राष्ट्रसंघले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्क लोकले सोमालिया भ्रमणको अन्तिम दिन यसबारे तथ्य…
![]()