Monday 12th October 2026

वैदेशिक रोजगारीमा रहेका श्रीमानलाइ छोडेर श्रीमती आफ्नै भतिज संग भागिन


तितोपाटी- वैदेशिक रोजगारीले आर्थिक रुपमा घरगाउँ सम्पन्न बन्दै गए पनि यसले सामाजिक विकृतिहरु पनि भित्र्याइरहेको छ ।

विशेष गरी वैदेशिक रोजगारीले वैवाहिक सम्बन्धहरु भत्काइरहेका खबरहरु बारम्बारजसो आउने गरेका छन् । कतिपय यस्ता खबर त सुन्दा नै अचम्म लाग्दा समेत हुने गरेका छन् यस्तै घटना बझाङमा घटेको छ ।

एक युवकले सुन र नगदसहित आफ्नै काकी नाता पर्ने महिलालाई भगाएका छन् । बझाङको थलारा गाउँपालिका–२ दंगाजी घर भइ भारतको फरिदावादमा रोजगारी गर्दै आएका धनबहादुर थापाले ३ लाख ५८ हजार नगद र ६ तोला सुनसहित लोकेश थापाकी श्रीमती मीना र ३ वर्षीया छोरी सिम्रनलाई भगाएका हुन् ।

पीडित थापाले उनीहरु बिहीबार दिउँसोदेखि सम्पर्कमा नरहेको बताएका छन् । उनले भने, ‘पैसाको लोभमा मेरी श्रीमती, छोरीलाई भगाएर लिएको छ । अब मैले के गर्ने ?’ उनले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको खोजी गरिदिन आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...