Saturday 18th May 2024

वैदेशिक रोजगारीमा रहेका श्रीमानलाइ छोडेर श्रीमती आफ्नै भतिज संग भागिन


तितोपाटी- वैदेशिक रोजगारीले आर्थिक रुपमा घरगाउँ सम्पन्न बन्दै गए पनि यसले सामाजिक विकृतिहरु पनि भित्र्याइरहेको छ ।

विशेष गरी वैदेशिक रोजगारीले वैवाहिक सम्बन्धहरु भत्काइरहेका खबरहरु बारम्बारजसो आउने गरेका छन् । कतिपय यस्ता खबर त सुन्दा नै अचम्म लाग्दा समेत हुने गरेका छन् यस्तै घटना बझाङमा घटेको छ ।

एक युवकले सुन र नगदसहित आफ्नै काकी नाता पर्ने महिलालाई भगाएका छन् । बझाङको थलारा गाउँपालिका–२ दंगाजी घर भइ भारतको फरिदावादमा रोजगारी गर्दै आएका धनबहादुर थापाले ३ लाख ५८ हजार नगद र ६ तोला सुनसहित लोकेश थापाकी श्रीमती मीना र ३ वर्षीया छोरी सिम्रनलाई भगाएका हुन् ।

पीडित थापाले उनीहरु बिहीबार दिउँसोदेखि सम्पर्कमा नरहेको बताएका छन् । उनले भने, ‘पैसाको लोभमा मेरी श्रीमती, छोरीलाई भगाएर लिएको छ । अब मैले के गर्ने ?’ उनले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको खोजी गरिदिन आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...