हरि कृष्ण न्यौपान], कुवेत - संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले"घर जान पाउँ" भनिरहेका…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…
तितोपाटी - सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो। संक्रमित युवक हाल स्वास्थ्यकर्मीको…
तितोपाटी - विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी दिएका छन । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको…
तितोपाटी - नेपालमा विगत २४ घण्टामा अरू १० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ भने ३३ जना निको भएर घर फर्किइसकेका छन् । सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गरि थप १० जनामा कोभिड-१९ भेटिएको पुष्टि…
तितोपाटी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल बाहिर…
तितोपाटी - नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ। कोरोना सक्रमितहरूको काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको…
तोयानाथ उपेक्षित, वर्षौ पहिले देखि मिचेको नेपालको भूमी सहितको नक्सा गत बर्ष भारतले जारी गर्यो । त्यसको विरुद्धमा नेपालमा अभूतपूर्व एकता देखियो । जनता सडकमा उर्लिए । सरकारले एउटा डिप्लोमेटिक नोट भारतलाई पठायो र जनतालाई थुमथुमायो । अहिले त्यो नेपाली भूमीमा उसले सडक बनाएर चिनको सिमानामा पुर्यायो । भारतलाई डिप्लोमेटिक…
तोयानाथ उपेक्षित, विदेशमा रहेका लाखौ नेपाली मध्ये केही लाख नेपाली नेपाल आउने अभिलासामा सरकारको मुख ताकेर बसेका छन । तुरुन्तै उद्धार गरिहाल्न पर्ने अवस्थामा भने एकाध लाख होलान । समय लम्बिदै जादा विदेशमा विचल्लीमा पर्नेहरुको संख्या थपिदै जानेछ । समयमा नै उद्धार गर्ने प्रक्रियामा थाल्ने हो भने समस्याले विस्तारै निकाश…
हरि कृष्ण न्यौपाने-संखुवासभा घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३७ वर्षिय मान बहादुर आलेको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार आलेको कुवेतको मिनाजोर (जुलाइया नजिक) कम्पनीको आवास गृह (क्याम्प)मै आज मेई ७ तारिक बिहिबार २०२० का दिन बिहान मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण…