Friday 3rd May 2024

नेपालमा कोरोना अपडेटः २१३ जना नयाँ संक्रमित, थप १०२ जना डिस्चार्ज


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०२ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३४४८ पुगेको छ भने अहिलेसम्म ७१ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल २९६८ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार अाइतबार सम्म कुल ४६७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि ९६,२०५ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १ लाख ४५ हजार ४९ जनाको परिक्षण गरिएको छ भने  क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७० लाख ५ हजार भन्दा बढि संक्रमित भइ ३४ लाख २७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख २ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...