नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका…
कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् । गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी…
माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित…
तितोपाटी- नेपाल र कतार दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीचसोमबार पर्यटन प्रवद्र्धनका विषयमा सहमति भएको छ । सोमबार पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममादुवै देशबीच पर्यटन प्रवद्र्धन गर्न…
तितोपाटी- गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए।…
तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…
तितोपाटी- वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदीअरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एउटा शव…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको खेलाडी जर्सी एक समारोहका बिच बदर अल समा मेडिकल सेन्टरमा सार्वजनिक गरिएको छ । गत अप्रैल २ तारिक बदर अल समा मेडिकल सेन्टर फरवानियाका शाखा प्रबन्धक अब्दुल रजाकले क्रिकेट खेलाडीहरूले लगाउने जर्सी सार्वजनिक गरि क्रिकेट टीमका कप्तान…
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढालेर देखाउन प्रधानमन्त्रीको राजीनामा माग्दै आएका दलहरुलाई चुनौति दिएका छन् ।प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले ओली निकट सांसद बाँस्कोटाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका हुन् । प्रतिनिधिसभाको आज (सोमबार) को…
कोपिला १ फूलमा जीवनको सार हुन्छ बाटोको काँडा पन्छ्याएर हेर रेटिएको मुटुमा भार हुन्छ। कोपिला २ निर्मल गङ्गा बनेर हेर फोकासरि जीवन बुझ्ने चाह भए उडेको चङ्गा बनेर हेर कोपिला ३ पीडामा रमाउन सिक काँडाको बीचमा पनि मुस्कुराउँछ फूल प्रसिद्धि कमाउन सिक कोपिला ४ टुप्पोदेखि जाने ठाउँ हुदैन अहमताको शुली…
![]()