Sunday 12th October 2025

वर्ष २०१८ मा कुवेतमा ४८ जना नेपालीले ज्यान गुमाए


राज मल्ल – कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।

सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन । ५ जनाको मृत्युवारे अनुसन्धान हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएका छन्

करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगत वर्षहरुमा भन्दा यो वर्ष धेरै नेपालीको मृत्यु भएको हो । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात भएर ज्यान गुमाउनेको संख्या बढ्दो छ । ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा पनि कुवेतमा धेरैले सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन सडक दुर्घटनामै अंगभंग भएका भागिरथ चापागाई भने अझै पनि कोमा मै रहेको छन ।


सम्बन्धित शीर्षकहरु

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

प्रतिकृयाहरू
...