Wednesday 26th August 2026

वर्ष २०१८ मा कुवेतमा ४८ जना नेपालीले ज्यान गुमाए


राज मल्ल – कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।

सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन । ५ जनाको मृत्युवारे अनुसन्धान हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएका छन्

करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगत वर्षहरुमा भन्दा यो वर्ष धेरै नेपालीको मृत्यु भएको हो । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात भएर ज्यान गुमाउनेको संख्या बढ्दो छ । ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा पनि कुवेतमा धेरैले सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन सडक दुर्घटनामै अंगभंग भएका भागिरथ चापागाई भने अझै पनि कोमा मै रहेको छन ।


सम्बन्धित शीर्षकहरु

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको…

प्रतिकृयाहरू
...