Tuesday 11th August 2026

गजल


माधव पाैडेल “असल यात्री”

साझँमा खेलेको लुकामारी पुरानो गाउँमा

सम्झि रुदै छिन रे प्यारी पुरानो गाउँमा ।

बनमा काफल,चुत्रो,अमारो,कटुस पाक्थो

थियो नजिकै अैशेलु घारी पुरानो गाउँमा ।

लेक बेशी झर्दाको पल को भुल्न सक्छ र ?

चौतारीमा स्वामीको छहारी पुरानो गाउँमा ।

गाउँघरको खबर ल्याउछ कागले काँ काँ गर्दै

अचेल बाझै छन् रे खेतबारी पुरानो गाउँमा ।

रक्षानमा साग हुन्थे बगैचामा फलफूल लटरम्म

किनेर ल्याछन् रे बासी तरकारी पुरानो गाउँमा ।

मठ मन्दिरहरु छैन अरे पुजा पाठ बन्दै भो रे

कहाँ होलान् बाबा ब्रह्मचारी पुरानो गाउँमा ।

छ भन्दैमा धनाढ्यहरुले सुन खाएर हुन्न क्यारे

भोटबाट ल्याउनुछ नुन एक भारी पुरानो गाँउमा ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ/इस्लामाबाद — कतारी पर्वतारोही शेखा अस्मा बिन्त थानी अल थानीले पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ग्यासेरब्रुम–२ (८,०३५ मिटर) सफलतापूर्वक आरोहण गर्दै…

कुवेतको गृह मन्त्रालयअन्तर्गत राज्य सुरक्षा सेवाले आतङ्कवादी संगठन ISIS का सदस्यहरूसँग सम्पर्कमा रहेको र विस्फोटक पदार्थ बनाउन तालिम लिएको आरोपमा…

भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लामा एउटा यस्तो संयुक्त परिवार छ, जहाँ छ पुस्ताका ८३ जना सदस्य एउटै परिवारका रूपमा बस्छन्।…

प्रतिकृयाहरू
...