Thursday 15th May 2025

लिटल बुद्द रामबहादुर बम्जन माथि ३ जना युवती वेपत्ता पारेको गम्भिर आरोप


तितोपाटी – लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको भनी चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएको उनको परिवारले बताएको छ । बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाइ विजयको भनाइ छ । उनका अनुसार अन्य दुई आनी पनि बेपत्ता भएका छन् । ‘हामीले दिदीको खोजी गरिरहेका छौं,’ रुम्बाले भने ।

उनका अनुसार २०७२ सालको भूकम्पपछि उनकी दिदीको अवस्था बुझ्न बुबाआमा बम्जनको सिन्धुपाल्चोक आश्रममा गएका थिए । उनले भने, ‘फागुनदेखि नै यहाँ छैन भनेर फर्काइदिए ।’
फूलमायासँगै आश्रममा गएकी नुवाकोटकी कर्म वाइबा पनि करिब ५ वर्षदेखि बेपत्ता भएको उजुरी परेको छ ।

मकवानपुरको पदमपोखरी, वनस्पतिका महेन्द्र वाइबाले आफ्ना बुबा सञ्चलाल तपस्यास्थलबाट बेपत्ता भएको बताएका छन् । २०७० सालमा तपस्वी बम्जनसँग हिँडेका वाइबाको परिवारसंँग २०७१ चैत १५ गते फोन सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क छैन ।
सिन्धुपाल्चोकस्थित बम्जनको तपस्यास्थल पुगेर छोरा महेन्द्रले खोजतलास गर्दा फेला पार्न सकेका थिएनन् । सबैतिर खोज्दा फेला पार्न नसकेपछि प्रहरीमा उजुरी दिएको महेन्द्रले बताए । डीएसपी भट्टराईले बम्जनको तपस्यास्थलको खोजीलगायत जानकारी लिने प्रयास गरिरहेको बताए ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...