Friday 6th November 2026

झापामा भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु


तितोपाटी – भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ। ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन्। ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।

एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सामान्य मानिसका लागि खटमलको टोकाइ अत्यन्त कष्टकर हुन्छ। तर कीटविज्ञानी डा. रिचर्ड नेलर भने विगत पाँच वर्षदेखि खटमलसँगै बस्दै र…

“ब्रह्माण्ड यति विशाल छ। यदि यसमा हामी मात्रै छौँ भने, यो अथाह अन्तरिक्षको ठूलो हिस्सा व्यर्थ खेर गएको जस्तो लाग्छ।”…

कहिलेकाहीँ मानिस संसारसँग यति धेरै प्रश्न गर्न थाल्छ कि उसले आफैँसँग संवाद गर्नसमेत बिर्सन्छ। अरूले के भन्छन्, समाजले के सोच्छ,…

प्रतिकृयाहरू
...