Sunday 18th May 2025

गजल


गजल
उजाड मरुभूमी अनि नँया ठाँऊ छ,
मन मस्तिकमा आफ्नै प्यारो गाँउ छ।

खाडिमा बालुवाको घर बनाई रहँदा,
हराएछ स्वदेशीपन न नेपाली नाँउ छ।

क्षणमानै भत्किन्छन् सपनिका घरहरु,
रगत र पसिनाको न उचित भाऊ छ।

लामबाटो हिड्ने यात्रीको हुदैन रे भर,
भोलिको के पत्तो मुटुभित्रै घाउ छ।

धनको ल‍ोभले गाह्राे काममा होमिनु पर्ने,
बाध्यता तमसुक भरि ऋणको तलाउ छ।

माधव पौडेल “असल यात्री”-कुवेत


सम्बन्धित शीर्षकहरु

हामी मध्य धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पुर्‍याउन सक्छ। तर,…

आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र…

रियाद: साउदी अरेबियाले उत्पादकत्व र दिगोपन बढाउने उद्देश्यले उन्नत रोबोटिक्सको साथ आफ्नो कृषि क्षेत्रलाई रूपान्तरण गर्दैछ। कृत्रिम बुद्धिमत्ता-संचालित मेसिनहरूले खजूरको…

प्रतिकृयाहरू
...