Wednesday 23rd September 2026

इरान-इराक सिमा क्षेत्रमा भूकम्प संगै कुवेतमा पनि भूकम्पको धक्का


बसन्त थापा, कुवेत / कुवेतमा लामो समय भारी बर्षातका कारण कुवेत स्थित अप्रवासी र स्थानीय आतंकित बनाइरहेकै समय ईरान  इराक  अर्थात कुवेत देखी ६९० किलोमिटर टाढाको दुरीमा केन्द्र बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का पुरै कुवेतमा महसुस भएको छ। करिब २ सेकेन्ड कुवेत हल्लाएको भए पनि यसले कुनै क्षति पुर्‍याएको भने छैन।

व्यवस्थित रुपमा बनाइएका भवन रहे पनी कम्पनको पूर्व संकेत दिने प्रविधि नहुनाले यहाँ भूकम्प जाँदा घर भित्र रहेका तथा भिडभाड़मा रहेका मानिसहरुको केही समय भने भागाभाग भएको थियो।

स्थानीय समयअनुसार बेलुकाको ७ बजेर ५० मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको भए पनि केही समय मानिसको भगाभाग रहे पनी केही समय पछी मानिसहरु यथावत काममा नै रहेका थिय भने त्यसलगत्तै सरकारले सतर्क रहन जानकारी गराएको थियो, उक्त भूकम्पले मानिसहरुलाई केही समय त्रास पैदा गरीदीएको थियो ।

बिगत एकमहीना देखी कुवेतमा भारी वर्षा भई रहेकोले पहिलै देखी स्थानीय तथा अप्रवासीहरूमा त्रासपना देखीदै आएको थियो।

मौसमविदका अनुसार उक्त भूकम्प बाट अब कुनै डर नरहेको बताऊदै सम्पूर्णलाई यथास्थानमा रहन आग्रह समेत गरेका छन।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...