Monday 7th September 2026

गजल


गजल
सधैँभरि तिम्लाई मनमा, सजाएर राखेँ
भड्केला मन कतै भनि, कजाएर राखेँ ।।

इशारा त्यो काफी थियो, नबुझे झैँ गरि
मर्यादाको डरलेे यो मन, भगाएर राखेँ ।।

खुल्नै गाह्रो भयो मन, सर्माए यि नयन
तिम्रो मिठो यादमा अधर, लजाएर राखेँ ।।

तिम्रो यादले सताउँदा,छचल्किने आँसु
लुकाउँदै एकान्तमा सधैँ ,बगाएर राखेँ ।।

कच्चा रहेछ कल्पनाको, तिम्रो मेरो महल
जुन महलमा रहेँ मनलाई, रमाएर राखेँ ।।

कमला न्यौपाने-भक्तपुर नेपाल


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...