Saturday 24th October 2026

नेपाली चालकहरूलार्इ सचेत रहन राजदूतावास कुवेतको अाग्रह


तितोपाटी – कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकबीच गाडी चलाउने नेपाली चालकलाई लागूऔषध व्यापारीबाट जोगिन भन्दै सचेत गराएको छ ।

यो रुटमा चल्ने गाडीमा लागूऔषध व्यापारीले लागूऔषध सिमाना कटाउने गरेको सूचना पाएपछि दूतावासले गाडी चालकलाई सचेत गराएको हो ।

‘इराकबाट कुवेत फर्किने क्रममा सवारीसाधन पार्क गरेको समयमा लागूपदार्थ कारोबारीले सवारीचालकले थाहा नपाउने गरी गाडीमा लागूपर्दाथ कुवेत पठाउनका निम्ति राखिदिने गरेको पाइएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ती सवारीसाधान चेकजाँच क्रममा समातिने र लागूपदार्थको कारोबार गरेको अभियोगमा सजाय भोग्नुपर्ने बाध्यता आइलाग्ने भएकाले सचेत हुन आग्रह गरिन्छ ।’


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...