Saturday 15th August 2026

नेपाली चालकहरूलार्इ सचेत रहन राजदूतावास कुवेतको अाग्रह


तितोपाटी – कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकबीच गाडी चलाउने नेपाली चालकलाई लागूऔषध व्यापारीबाट जोगिन भन्दै सचेत गराएको छ ।

यो रुटमा चल्ने गाडीमा लागूऔषध व्यापारीले लागूऔषध सिमाना कटाउने गरेको सूचना पाएपछि दूतावासले गाडी चालकलाई सचेत गराएको हो ।

‘इराकबाट कुवेत फर्किने क्रममा सवारीसाधन पार्क गरेको समयमा लागूपदार्थ कारोबारीले सवारीचालकले थाहा नपाउने गरी गाडीमा लागूपर्दाथ कुवेत पठाउनका निम्ति राखिदिने गरेको पाइएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ती सवारीसाधान चेकजाँच क्रममा समातिने र लागूपदार्थको कारोबार गरेको अभियोगमा सजाय भोग्नुपर्ने बाध्यता आइलाग्ने भएकाले सचेत हुन आग्रह गरिन्छ ।’


सम्बन्धित शीर्षकहरु

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।…

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

प्रतिकृयाहरू
...