Thursday 14th May 2026

लालीगुराँसले अतिथि कलाकारहरुका साथ ८औं वार्षिक उत्सव सम्पन्न गर्ने


बसन्त थापा-लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो ८ आै वार्षिक उत्सवको अबसरमा १२ अाै प्रस्तुति स्वरुप अतिथि कलाकारहरुका साथमा आगामी जुलाई-६ ,शुक्रबार-२०१८का दिन “लालीगुराँस धमाकाको”आयोजना हुने भएको छ।

उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपाली संगित क्षेत्रका बहुचर्चित लोक तथा आधुनिक गायक अमृत खाती, लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, र बसन्ती थापा, कुवेत आऊने भएका छन।

उक्त कार्यक्रममा स्थानीय उत्कृष्ट कलाकारहरु बि.बि मल्ल ठकुरी, डिबी लोप्चन, सोम रसाईली लगायत बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ।

लालीगुराँस सांस्कृतिक परिवारले आफ्नो स्थापना काल देखि नै कुवेतवासीलाई मनोरन्जन दिदै कला र गला भएका स्थानिय कलाकारहरुलाई आ-आफ्नो प्रतिभा देखाऊने अबसर दिदै आएको छ।

“हाम्रो सांस्कृतिक हाम्रो पहिचान”भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाको मुल उद्देश्य कला र सांस्कृतिकको जगेर्ना गर्नु हो भने, प्रवासमा रहेर पनि उक्त संस्थाले कुवेतका बिभिन्न संघ-संस्थाको सांगितिक कार्यक्रमहरुमा पन्चे बाजा सहितको आफ्नो कला प्रस्तुत गरीरहेको छ।

यस अघि लालीगुराँस सांस्कृतिक परिवार कुवेतले फर्वनिया स्थित युनिक आडिटोरियम हल फर्वनियामा २२ जुनमा कार्यक्रम हुने भनिएता पनि उक्त स्थान र मिति परिवर्तन गरी खैतान स्थित इन्डियन कम्युनिटि स्कुल खैतान को-अपरेटिभ अगाडी म्याग डोनाल्डको छेउमा हुने जानकारी अध्यक्ष पौड़ेलले तीतोपाटी डट कम लाई दिएका छन।

कार्यक्रम जुलाई महिनाको ६ तारीक शुक्रवार,२०१८का दिन कुवेतको खैतान स्थित इन्डियन कम्युनिटि स्कुलमा कार्यक्रम हुने भएकोछ।

नेपाली कला सँस्कृतिकको संरक्षण बिकास गर्ने उद्देश्यले तयारी गरिएको कार्यक्रममा कुवेतमा रहेका कलाकार, संघ-सस्थाका प्रतिनिधि, पत्रकार, बुद्दिजिबी तथा शुभ चिन्तकहरु र सहयोगी नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रममा उपस्थितिका लागी संस्थाका अध्यक्ष माधव पौड़ेलले हार्दिक निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्दो साथ-सहयोग गर्न अनुरोध गरेका छन। साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिन पनि कुवेमा रहेका सबै संघ-संस्थाहरुलाई आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण
मिति : ०६ जुलाई २०१८ शुक्रबार
स्थान-: इन्डियन कम्युनिटि स्कुल खैतान
समय:- बिहानको ठीक ११:०० बजे


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...