Saturday 19th September 2026

१० राजदूतलाई ओली सरकारले फिर्ता बोलाउँदै


काठमाडौं, नेपाल कम्युष्टि पार्टी (नेकपा) ले विभिन्न १० मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी थालेको छ ।
कार्य दक्षतामा समस्या देखिएको भन्दै १० वटा देशबाट राजदूत फिर्ता बोलाउन लागिएको समाचार स्रोतले जानकारी दिएको छ । यसरी फिर्ता गर्न लागिएका अधिकांश कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरु छन् ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरुले अहिले प्रचण्ड नेतृत्वको पार्टीको सरकारले फिर्ता गर्न लागेको हो । अहिले फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकरण भएको छ ।

राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह, म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला कतार र यूएईकी आशा लामा रहेकी छिन् ।
यस्तै राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ ।

यस्तै, तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ । भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा राजदूत रिक्त रहेका बेला कार्यकाल बाँकी रहेकै अवस्थामा उनीहरुलाई फिर्ता बोलाउन लागिएको हो ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको…

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

प्रतिकृयाहरू
...