Monday 5th October 2026

सर्लाही हरिपुरमा एक महिलाको पतिकै सामुन्नेमा इज्जत लुटियो


तीतोपाटी- सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ मा एक ४५ वर्षिय महिलामाथि सामुहिक बलात्कार भएको छ। ढीलो गरि प्राप्त खबर अनुसार  कार्तिक ८ गते राति ११ बजेको समयमा सोहि वडा निवासी ३४ वर्षिय शेख मोतिबुन, ३५ वर्षिय गंगाधर साह तेली र एक जना नचिनेको अपरिचित व्यक्तिले ति महिलाको सामुहिक रुपमा वलात्कार गरेका हुन्।

पतिकै सामुन्ने पत्नीको मुख थुनी आँखामा पट्टी बाधेर ज्यान मार्ने धम्की दिई सामुहिक बलात्कार गरेको पिडित महिलाकी पतिले दुखेसो गरे।

घटना पश्चात पिडित महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा शनिबार १० गते उजुरी दिन आउँदा वडा नं ३ को वडा अध्यक्ष हजरद शेखले त्यस्तो घटनाको उजुरी गरयो भने इज्जत जान्छ, गाउँमै मिलाउनु पर्छ भनी फकाएर उजुरी दिन रोक लगाएको पिडित महिलाले गुनासो गरिन।

कमजोर आर्थिक अवस्थाको पिडित परिवारलाई २ लाख ५० हजार दिएर घटना सामसुम पार्न प्रयास भएपनि बलात्कारीहरुले दिनदिनै अझ तनाव दिन थालेपछि वडा अध्यक्षको कुरा समेत नमानी घटना भएको ९ दिन पछि किटानी जाहेरी दिएको पिडितले बताएका छन्।

जाहेरी पर्ने बितिकै दर्ता गरी अभियुक्तहरुको खोजी कार्य तथा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुन्दन देवले जानकारी दिए।

साभार- हाम्रोकुरा डट कम


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...