Wednesday 5th November 2025

तमु समाज, कुवेतद्वारा फेरी आर्थिक सहयोग प्रदान


तीतोपाटी- आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको  (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेत द्वारा नेपाली रु ७९ हजार ८९४ आर्थिक सहयोग गरेको छ। 

उक्त सहयोग समाजका सदस्यहरु द्वारा सन्कलन गरी पीडित सल्लाहकार शुक बहादुर गुरुङ ज्युको परिवारलाई प्रदान गरिएको हो । 

माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ८ नयाँ पूल, कास्की निवासी सल्लाहकार शुक बहादुर गुरुङ ज्युको ७९ बर्षिया ममतामयी आमा कौशिला गुरुङ ज्युलाई मिती १२ कार्तिक २०७५ सोमबार तदनुसार २९ अक्टोबर २०१८ को राती घरमा अन्य कोही नभएको मौका छोपी हत्या गरी गर गहना, धनमाल चोरेर हत्यारा फरार भएको थियो । हाल स्थानिय प्रशासन द्वारा हत्याराको खोजी कार्य भै रहेको जनाईएको छ ।

आमा कौशिला गुरुङको हत्या पश्चात भावह्यिल बनेका शोकाकुल परिवारलाई धर्य धारण गर्न शान्तवना स्वरुप एवं मृतक आमाको आत्मालाई शान्तीका साथ स्वर्गमा वास मिलोस भनी कामना गर्दै हार्दिक श्रदाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको थियो ।


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डमा जीवनको बारेमा हामीले सोचेका सबै कुरालाई चुनौती दिने खोजमा, अनुसन्धानकर्ताहरूले २ अर्ब वर्षभन्दा पुरानो उल्कापिण्डमा मानव डीएनएको निशान पहिचान…

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

प्रतिकृयाहरू
...