Tuesday 24th March 2026

नेकपाले अागामी शनिबार चियापान कार्यक्रम गर्ने, ५० हजारलार्इ निम्तो


तितोपाटी –  नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आगामी शनिबार चियापान कार्यक्रम गर्ने भएको छ भने चियापान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पार्टी एकता पश्चात पहिलो पटक हुन गइरहेको चियापान कार्यक्रममा उपस्थितिको लागि ५० हजारलार्इ निम्तो गरिएको बुझिएको छ । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ । गत वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन ।

पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुन लागेको हो । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए । यस पटकको चियापान कार्यक्रमको संयोजक पार्टी महासचिव बिष्णु पाैडेल रहेका छन् ।

चियापान समारोहमा दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बुझिएको छ । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिने छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...