Sunday 27th July 2025

बलिवुड नायिका कंगना रनावतबारे थरिथरि चर्चा


तितोपाटी – अभिनेत्री कंगना रनावतलार्इ फरक दुई डाइमेन्सनबाट हेर्ने गरिन्छ । एकातिर उनको छवि निकै खराब छ । अर्कोतिर उत्तिकै शसक्त पनि । केही समयअघि उनी निकै विवादित बनिन् । विवादको मियो उनी आफै थिइन् । अभिनेता हृतिक रोशनसँगको सम्बन्धबारे अनेकन कुरा गरेर चर्चा एवं विवादमा तानिएकी कंगनाले लामो समय बलिउडमा भूँइचालो ल्याइरहिन् । यसको पराकम्पनले रणवीर कपूरसम्मलाई थर्कमान बनाइदियो । कंगनाका पूर्व ब्वाइफ्रेन्डले त कंगनाको खराब चरित्रबारे अत्याउने खालको कुरा सार्वजनिक गरिदिए । जतिबेला कंगना विवादको चुरोमा थिइन्, त्यसबेला उनलाई बलिउड इभेन्टमा निम्तो गर्न छाडिएको समेत चर्चा चल्यो ।

त्यसो त उनै कंगनालाई बलिउडमा यस्ती अभिनेत्री मानिन्छ, जसले सिंगो फिल्म डोहोर्‍याउने क्षमता राख्छिन् । कतिपय फिल्ममा उनले हिरोले भन्दा बढी पारिश्रमिक लिएको चर्चा पनि बेलाबखत चलेको हो । कंगनाको केही यस्ता फिल्म छन्, जसमा उनले शसक्त केन्द्रिय भूमिका निर्वाह गरेकी छिन् ।यतिबेला उनै कंगनाको केन्द्रिय भूमिका रहेको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ चर्चामा छ । यो फिल्मका प्रचारका लागि उनी जोडतोडले लागिपरेकी छिन् ।

फिल्म प्रचारकै सिलसिलामा उनले केही व्यक्तिगत कुरा पनि खोल्दै आएकी छिन् । संचारकर्मीले उनलाई सोधेको थियो, ‘कंगना र लक्ष्मीबाईमा के कुरा समान छ ?’

जवाफमा उनले रानी लक्ष्मीबाईले आफ्नो जीवनमा एकदम धेरै समस्याको सामाना गर्नुपरेको बताएकी छिन् । साथै आफुले पनि त्यस्तै जीवन बाँचिरहेको बताएकी छिन् । उनी चाहँदैनन् कि आफ्नो बच्चाले पनि यस्तै किसिमको जीवन विताउनु परोस् । हुन त आफु जुन समस्याबाट गुजि्ररहेका छन्, त्यसप्रति कुनै गुनासो नरहेको पनि उनले स्पष्ट पारेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...