Saturday 10th October 2026

रुसी आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु


रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता छन्।

आक्रमणपछि राजधानी किभका केही क्षेत्रमा व्यापक विद्युत् अवरोध भएको युक्रेनी ऊर्जा कम्पनीहरूले बताएका छन्।

यसैबीच, अमेरिका, युक्रेन र युरोपेली देशका अधिकारीहरूबीच अमेरिकाको मियामीमा युद्ध अन्त्यका लागि नयाँ वार्ता भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ताजा रुसी आक्रमणलाई अमेरिकाले रुससँग गरेको डिजेल आपूर्ति सम्झौताप्रतिको “रुसको प्रतिक्रिया” भएको बताएका छन्।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धन मूल्य घटाउन रुससँग डिजेल आपूर्ति बढाउने सम्झौता गरेको बताएका छन्। यस निर्णयले रुसमाथिको दबाब कमजोर बनाएको भन्दै आलोचना भइरहेको छ। तर जर्मनीले भने रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने प्रयास जारी राख्ने जनाएको छ।

युक्रेन युद्ध चर्किरहेकै बेला युद्धविराम र शान्ति स्थापनाका लागि कूटनीतिक पहल तीव्र पारिएको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...