Saturday 31st October 2026

यसपाली दशैमा अमृत खातीले स्मृति गौतमलाई चुरा दिने


तीतोपाटी- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र  चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप “कमेरो”यू टुब मार्फत सार्बजानिक भएको छ।खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी”चिन्तित”को रहेको छ भने सब्द स्वयम खातीकै रहेको छ।

विभिन्न पेशा र ब्यबसायको शिलशिलामा बिदेशिएका र आफ्नो जन्मघरबाट टाढा रहेका नेपालीहरुलाई लक्षित गरेर यसपाली दशै तिहार मनाउन घर फर्किने आशय झल्काउने कथा बस्तु समेटिएको उक्त गितमा बरिस्ठ अभिनेत्री रमा थपलिया,चर्चित मोडेल महेन्द्र गौतम र शोभा त्रिपाठीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।बाल कलाकारको रुपमा अनुरोध खाती,स्वीकृति खाती र शुशान खातीको अभिनय रहेको उक्त गितमा छायांकन प्रबेश पोखरेलले गर्नु भएको छ।गोरखा चौतारी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गिको निर्देशन भने खमेस श्रेष्ठले गर्नु भएको छ।दशैको खुशीयाली मा नाच्ने खालको उक्त गितको भिडियो सम्पादन सुरेश श्रेष्ठले गर्नु भएको छ।


सम्बन्धित शीर्षकहरु

समाचार प्रकाशनकै विषयलाई लिएर प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि शुक्रबार गरेको धरपकडको घटनाले देशभर बहस सिर्जना गरेको छ। सञ्चारगृहभित्रै प्रवेश गरेर…

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

प्रतिकृयाहरू
...