Wednesday 24th December 2025

धनगढीमा गोली चलार्इ साढे ९ लाख लुटेर फरार २ जना १ हप्तापछि काठमाण्डुमा पक्राउ


तितोपाटी – एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’

यसअघि १३ जेठमा सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईमा जाँदै गर्दा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएकाहरूले गाेली प्रहार गरेर रकम लुटेका थिए ।

स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् ।

उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...