Sunday 13th September 2026

रोजिना ढुंगानाको गजल


गरिबको घरमात्र देख्नेहरूलाई भनिदेऊ,
खोलाको धारमाथि बनेका महल पनि हेरिदेऊ।

सरकारी जमिन ओगटेर बसेका बस्तीलाई,
नियमको ऐना देखाई सत्यको मुख हेरिदेऊ।

हिजोको घाउ देखाएर आजलाई दोष दिनेहरू,
आफ्नै इतिहासको पाना पल्टाई हेरिदेऊ।

बाढीले बगाएको घरको पीडा बुझ्नैपर्छ,
राहत लिएर पुगेका ती हात पनि हेरिदेऊ।

कमजोरी भेटिए प्रश्न गर, औँला पनि उठाऊ,
राम्रो कामको उज्यालोतिर आँखा हेरिदेऊ।

नयाँ पाइला लड्ला कहिलेकाहीँ बाटोभित्र,
फेरि उठ्ने त्यो साहसको साथ हेरिदेऊ।

देश बिग्रियो भन्दै कराउने आवाज धेरै छन्,
देश बनाउन खोज्ने प्रयासको बात हेरिदेऊ।

पुरानो खराब थियो भन्दै नयाँलाई नतोल,
पहिले कामको तराजुमा उसका हात हेरिदेऊ।

सत्ताको रङले सत्यलाई नाप्ने बानी छोड,
देशहित जहाँ देखिन्छ त्यता दृष्टि हेरिदेऊ।

आलोचना र प्रश्न त लोकतन्त्रको अधिकार हो,
राम्रो काम देखेपछि तालीको साथ हेरिदेऊ।

कलम लिएर दोषमात्र खोज्ने संसारलाई,
‘रोजिना’ भन्छे आफ्नै ऐनाको जात हेरिदेऊ।

-रोजिना ढुंगाना
तस्बिरः AI


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...