Tuesday 27th October 2026

चिलीको एक वृद्धाश्रममा आगलागी, कम्तीमा १६ जनाको मृत्यु


दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार राति भएको हो।

आगलागी हुँदा वृद्धाश्रमभित्र २६ जना रहेका थिए। तीमध्ये १० जनालाई सुरक्षित उद्धार गरी अस्पताल पठाइएको छ।

आगलागीको कारण अझै खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...