Tuesday 27th October 2026

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध


लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा पहिरो खस्दा काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

रसुवामा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाका मुख्य राजमार्गहरू पनि प्रभावित भएका छन्।

धादिङको कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्रिभुवन राजपथको सोयाङखोला खण्ड पनि अवरुद्ध रहेको छ।

नुवाकोटमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ भने रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले यात्रामा निस्किनुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सतर्कता अपनाउन आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...