Tuesday 27th October 2026

पेरिम टापुका कारण यमनमा तनाव बढ्यो


यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल ट्यांकर र व्यापारिक जहाजहरू आवतजावत गर्छन्।

इरान र अमेरिकाबीच तनाव बढेपछि साउदी अरेबियाले आफ्नो तेल निर्यातका लागि यो मार्ग बढी प्रयोग गर्न थालेको छ। तर इरान समर्थित हुथी विद्रोहीहरू ले पेरिम टापु नजिकका क्षेत्रमा आक्रमण बढाएका छन्।

यमन सरकारका अनुसार हुथीहरूले यो टापु कब्जा गरेमा जहाज आवतजावतमा बाधा पुग्न सक्छ। यसले विश्वभर तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा असर पार्न सक्छ।

हाल मोखा बन्दरगाह क्षेत्र आसपास लडाइँ चर्किएको छ। हुथी आक्रमणका कारण मानिसहरूको ज्यान गएको छ र बन्दरगाह तथा अन्य संरचनामा क्षति पुगेको छ।

विशेषज्ञहरूका अनुसार यमनको युद्ध अब केवल देशभित्रको समस्या मात्र नभई मध्यपूर्व र विश्व व्यापारसँग जोडिएको ठूलो सुरक्षा चुनौती बन्दै गएको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...