यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल ट्यांकर र व्यापारिक जहाजहरू आवतजावत गर्छन्।
इरान र अमेरिकाबीच तनाव बढेपछि साउदी अरेबियाले आफ्नो तेल निर्यातका लागि यो मार्ग बढी प्रयोग गर्न थालेको छ। तर इरान समर्थित हुथी विद्रोहीहरू ले पेरिम टापु नजिकका क्षेत्रमा आक्रमण बढाएका छन्।
यमन सरकारका अनुसार हुथीहरूले यो टापु कब्जा गरेमा जहाज आवतजावतमा बाधा पुग्न सक्छ। यसले विश्वभर तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा असर पार्न सक्छ।
हाल मोखा बन्दरगाह क्षेत्र आसपास लडाइँ चर्किएको छ। हुथी आक्रमणका कारण मानिसहरूको ज्यान गएको छ र बन्दरगाह तथा अन्य संरचनामा क्षति पुगेको छ।
विशेषज्ञहरूका अनुसार यमनको युद्ध अब केवल देशभित्रको समस्या मात्र नभई मध्यपूर्व र विश्व व्यापारसँग जोडिएको ठूलो सुरक्षा चुनौती बन्दै गएको छ।