Wednesday 9th September 2026

इजरायल बिरूद्ध बेलायतसहित १२ देशको प्रतिबन्ध, मध्यपूर्वमा तनाव थप बढ्यो


बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित बेलायती कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ। उसले जेरुसेलमस्थित बेलायती कन्सुलेट ३० दिनभित्र बन्द गर्न निर्देशन दिएको हो। यस कदमले इजरायल र केही पश्चिमी मुलुकबीच कूटनीतिक तनाव थप बढाएको छ।

यसैबीच इरानको परमाणु कार्यक्रमबारे संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकाय (IAEA) ले इरानलाई २० वर्षपछि पुनः सुरक्षा परिषद्मा पठाएको छ। इरानले उक्त निर्णयलाई अस्वीकार गरेको छ।

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेका छन् भने लेबनान र सिरियासँग सम्बन्धित घटनाले पनि क्षेत्रीय तनाव बढाइरहेको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँगको युद्ध चाँडै अन्त्य हुने दाबी गरेका छन्। मध्यपूर्वमा कूटनीतिक, सैन्य र राजनीतिक तनाव निरन्तर बढिरहेको छ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...