जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको एन्डोया स्पेसपोर्टबाट उडाइएको हो।
यो रकेटले पाँच साना उपग्रह तथा नयाँ अन्तरिक्ष प्रविधि परीक्षण गर्ने उपकरणहरू अन्तरिक्षमा पुर्याएको कम्पनीले जनाएको छ। यसअघि १८ महिनाअघि गरिएको पहिलो प्रयास असफल भएको थियो।
युरोपेली संघले यस सफलतालाई अन्तरिक्ष क्षेत्रमा युरोपको स्वतन्त्र पहुँचका लागि महत्वपूर्ण उपलब्धि भएको बताएको छ। कम्पनीले अब वार्षिक ४० वटासम्म रकेट प्रक्षेपण गर्ने लक्ष्य लिएको छ।