Tuesday 27th October 2026

विपद्पीडित बालबालिकाको शिक्षाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा


सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार सार्वजनिक गरेको योजनाअन्तर्गत बाढी प्रभावित विद्यार्थीलाई आवासीयसहित पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिनेछ। दुवै अभिभावक गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिइने र आवश्यकताअनुसार होस्टेलमा राखेर अध्ययनको व्यवस्था गरिने जनाइएको छ।

प्रारम्भिक चरणमा हिसान, प्याब्सन, एनप्याब्सन, ओपिन र नेपाल मन्टेश्वरी संघले सरकारसँग सहकार्य गरेका छन्। शिक्षा मन्त्रालयका अनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन छन्। प्रभावित बालबालिकाको अध्ययन नरोकिने सुनिश्चित गर्न यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...