Monday 7th September 2026

राष्ट्रिय शोकमा नेपाल, बाढीपीडितको सम्झनासँगै पुनर्निर्माणको चुनौती


भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

बाढीका कारण हजारौँ परिवार ठूलो पीडामा छन्। धेरै परिवार अझै आफ्ना बेपत्ता आफन्तको खोजीमा छन् भने कतिपय परिवार घरबार गुमाएर अस्थायी आश्रयमा बसिरहेका छन्। हालसम्म १३ हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ। तर झण्डै पाँच हजार जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले देखाएको छ। खोज तथा उद्धार कार्य अझै जारी छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। कठिन परिस्थितिका बीच उनीहरूले बेपत्ता व्यक्तिको खोजी, उद्धार र राहत वितरणको काम गरिरहेका छन्।

बाढीले सडक, पुल, घर, विद्युत् र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। अब सरकारको मुख्य ध्यान प्रभावित परिवारको पुनर्स्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित भएको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...