Saturday 24th October 2026

रसुवा बाढी–पहिरो पीडितका लागि नेपाल तामाङ घेदुङ कुवेतद्वारा रु. ५ लाख ५५ हजार ५६१ सहयोग


रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ कुवेतले रु. ५ लाख ५५ हजार ५६१ आर्थिक सहयोग प्रदान गरेको छ।

प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घेदुङ कुवेतले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ। साथै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको कार्य प्रभावकारी रूपमा अगाडि बढोस् भन्ने कामना पनि गरिएको छ।

विपद्को कठिन घडीमा पीडित नागरिकहरूसँग ऐक्यबद्धता जनाउँदै संकलित सहयोग रकम केन्द्रीय नेपाल तामाङ घेदुङको खातामा जम्मा गरिएको घेदुङ कुवेतले जनाएको छ। उपलब्ध बैंक भुक्तानी रसिदअनुसार माछापुच्छ्रे बैंक लिमिटेडस्थित नेपाल तामाङ घेदुङ संघको खातामा रु. ५,५५,५६१ जम्मा गरिएको देखिएको छ।

घेदुङ कुवेतका अनुसार केन्द्रीय घेदुङले प्रभावित क्षेत्रमा प्रत्यक्ष समन्वय र निगरानी गर्दै उक्त सहयोग रकम वास्तविक पीडित परिवारहरूमाझ वितरण गर्नेछ।

नेपाल तामाङ घेदुङ कुवेतले प्राकृतिक विपत्तिको यस दुःखद घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समेत पीडित परिवारहरूको सहयोगमा हातेमालो गर्न अपिल गरेको छ।

यस मानवीय अभियानका लागि सहयोग गर्ने सम्पूर्ण दाताहरू, शुभेच्छुकहरू तथा तामाङ समुदायप्रति घेदुङ कुवेतले विशेष धन्यवाद व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...