Saturday 5th September 2026

संयुक्त राष्ट्रसंघद्वारा बालविवाह अन्त्यका लागि नोभेम्बर २७ लाइ अन्तर्राष्ट्रिय दिवस घोषणा


संयुक्त राष्ट्रसंघ (यूएन) महासभाले हरेक वर्ष नोभेम्बर २७ लाई बालविवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस का रूपमा मनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

यो प्रस्तावको नेतृत्व सिएरा लियोनले गरेको थियो भने नेपाल, भारतसहित ६६ भन्दा बढी देशले समर्थन गरेका थिए।

विश्वभर हाल पनि करोडौं महिला तथा बालिकाहरू बालविवाहको शिकार भइरहेका छन्। यूएनले यो दिवसको माध्यमबाट बालविवाहका हानिकारक प्रभावबारे जनचेतना फैलाउने, कानुनी व्यवस्था बलियो बनाउने र सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघले विश्वभरका सरकार, नागरिक समाज र विभिन्न संस्थाहरूलाई बालविवाह रोक्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्न समेत आह्वान गरेको छ। नेपालका लागि पनि यो पहल महत्वपूर्ण मानिएको छ, किनकि नेपालले सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र बनाउने लक्ष्य राखेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको…

अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले इरानसँग सम्बन्धित तीनवटा तेल ट्यांकरलाई निशाना बनाएको…

मनकामना मिडिया अपडेट कुवेत परिवारले नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री…

प्रतिकृयाहरू
...