Wednesday 2nd September 2026

इरान–अमेरिका द्वन्द्वबीच चीनले मध्यपूर्वी देशसँग सम्बन्ध बलियो बनाउँदै


चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र सुरक्षाका लागि संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको भेटमा दुवै नेताले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक समाधान आवश्यक रहेकोमा जोड दिएका छन्।

भेटका क्रममा चीन र इजिप्टले स्वेज नहर क्षेत्रमा संयुक्त औद्योगिक क्षेत्र विस्तार गर्ने समझदारी गरेका छन्। साथै सूचना प्रविधि, यातायात, उद्योग, आपूर्ति शृंखला र व्यापारमा सहकार्य बढाउने सहमति पनि भएको छ।

चीनले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्न र क्षेत्रीय विकासमा सहयोग गर्न तयार रहेको जनाएको छ। विश्लेषकहरूका अनुसार अमेरिका–इरान द्वन्द्वका बीच चीन मध्यपूर्वमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ।


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...