Tuesday 27th October 2026

इरान–अमेरिका द्वन्द्वबीच चीनले मध्यपूर्वी देशसँग सम्बन्ध बलियो बनाउँदै


चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र सुरक्षाका लागि संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको भेटमा दुवै नेताले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक समाधान आवश्यक रहेकोमा जोड दिएका छन्।

भेटका क्रममा चीन र इजिप्टले स्वेज नहर क्षेत्रमा संयुक्त औद्योगिक क्षेत्र विस्तार गर्ने समझदारी गरेका छन्। साथै सूचना प्रविधि, यातायात, उद्योग, आपूर्ति शृंखला र व्यापारमा सहकार्य बढाउने सहमति पनि भएको छ।

चीनले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्न र क्षेत्रीय विकासमा सहयोग गर्न तयार रहेको जनाएको छ। विश्लेषकहरूका अनुसार अमेरिका–इरान द्वन्द्वका बीच चीन मध्यपूर्वमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...