Wednesday 28th October 2026

अमेरिका–इरान तनाव फेरि बढ्यो, कुवेतसहित खाडी देश सतर्क


अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज र आफ्ना सैनिकमाथि भएको कथित इरानी गतिविधिको जवाफ भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले थप जवाफ दिए अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। त्यसपछि इरानले “कडा प्रतिकार” गर्ने घोषणा गर्दै जोर्डनतर्फ मिसाइल प्रहार गरेको जनाएको छ।

इरानका अनुसार अमेरिकी मिसाइल आक्रमणमा दक्षिणी इरानको सिरिक क्षेत्रमा विवाह समारोह भइरहेको घरमा क्षति पुग्दा एक बालकसहित ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

जोर्डनले इरानबाट प्रहार गरिएका १३ वटा ब्यालेस्टिक मिसाइलमध्ये अधिकांशलाई आकाशमै खसालेको जनाएको छ। कुवेतले पनि आफ्ना वायु रक्षा प्रणाली सक्रिय गरी इरानी मिसाइलहरूलाई रोक्ने प्रयास गरेको बताएको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...