Tuesday 1st September 2026

एससीओ सम्मेलनमा सी र पुटिनको भेटवार्ता


किर्गिस्तानमा आयोजित एससीओ (शाङ्घाई सहयोग संगठन) शिखर सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। भेटमा दुवै नेताले चीन र रुसबीचको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति सीले विश्वमा अनिश्चितता बढिरहेका बेला पनि चीन र रुसबीचको सम्बन्ध बलियो बन्दै गएको बताएका छन्। उनले आर्थिक, व्यापारिक र अन्य क्षेत्रमा सहकार्य अझ बढाउने इच्छा व्यक्त गरे।

राष्ट्रपति पुटिनले पनि चीनसँगको सहयोग सफलतापूर्वक अगाडि बढिरहेको बताए। दुवै नेताले आपसी विश्वास र सहकार्यलाई निरन्तरता दिने सहमति गरेका छन्।

एससीओ शिखर सम्मेलनमा भारत, पाकिस्तान, इरान लगायतका देशका नेताहरू पनि सहभागी छन्। सम्मेलनमा क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र अन्तर्राष्ट्रिय विषयमा छलफल भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...