चीनका राष्ट्रपति सी चिनफिङ र मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखबीच भेटवार्ता भएको छ। भेटमा दुवै देशले आपसी मित्रता र सहकार्यलाई अझ विस्तार गर्ने सहमति गरेका छन्।
राष्ट्रपति सीले व्यापार, ऊर्जा, खानी, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रमा सहकार्य बढाउन चीन तयार रहेको बताएका छन्। उनले चीन र मंगोलिया असल छिमेकी भएकाले आपसी विश्वास र सहयोगलाई अझ मजबुत बनाउनुपर्ने बताए।
मंगोलियाली राष्ट्रपति खुरेलसुखले पनि चीनसँगको सम्बन्ध आफ्नो देशको प्राथमिकतामा रहेको बताएका छन्। उनले व्यापार, लगानी, कृषि र हरित अर्थतन्त्रका क्षेत्रमा सहकार्य बढाउन चाहेको बताए।
भेटवार्तामा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।