Wednesday 28th October 2026

स्विट्जरल्याण्डमा र्‍याभ पार्टीमा गोली चल्यो, एक महिलाको मृत्यु


स्विट्जरल्याण्डको आराउस्थित एक र्‍याभ (Rave) कार्यक्रममा भएको गोलीकाण्डमा २२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार घटनापछि संदिग्ध आक्रमणकारीको खोजीका लागि व्यापक खोज अभियान सञ्चालन गरिएको छ।

घटना आइतबार बिहान सबेरै भएको बताइएको छ। घाइतेमध्ये चार पुरुष र एक महिला रहेका छन्, जसको उमेर २४ देखि २७ वर्षबीच रहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीले घटनास्थल वरपरका क्षेत्रहरू घेराबन्दी गरेको छ र स्थानीय बासिन्दालाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार करिब २:३० बजे गोली चलेको थियो।

प्रहरीले घटनाको कारण र आक्रमणकारीको पहिचानबारे अनुसन्धान जारी राखेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...