Monday 12th October 2026

नेपाली राजदूतावास कुवेतले आर्थिक वर्ष २०८२/०८३ मा १४ करोड ५० लाख श्रमिक क्षतिपूर्ति पठायो


कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको छ।

राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, निरन्तर प्रयासको परिणामस्वरूप आर्थिक वर्ष २०८२/०८३ मा क्षतिपूर्ति बापतको बीमा रकम, बाँकी तलब, सेवासुविधा रकम तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग र मानवीय सहायता रकम गरी कुल ३,०७,१४६.३१७ कुवेती दिनार (करिब नेपाली रु. १४ करोड ५० लाख) प्राप्त भएको छ।

उक्त रकम सम्बन्धित मृतक तथा घाइते नेपाली नागरिकका कानूनी हकदारहरूले प्राप्त गर्ने व्यवस्था मिलाउन राजदूतावासले विभिन्न समयमा नेपाल सरकार अन्तर्गतको परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागमा पठाइसकेको जनाएको छ।
राजदूतावासले यस कार्यलाई प्रवासी नेपाली कामदार तथा उनीहरूका परिवारको हकहित संरक्षणका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...