Saturday 3rd October 2026

प्रवासी नेपाली मञ्च, कुवेतको पाँचौं अधिवेशन केन्द्रीय नेताको साथमा अगस्ट २१ मा हुने, तयारी पुरा


कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ। फर्वानियास्थित सेफ नौसाद सिग्नेचर रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरिने अधिवेशन मध्याह्न १:०० बजे सुरु हुनेछ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरू क्षितिज थेबे र रबिन्द्र अधिकारीको आतिथ्यता रहने आयोजकले जनाएको छ।

प्रवासी नेपाली मञ्च, कुवेतका अनुसार अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको साथै अधिवेशनमा संगठनको आगामी कार्यदिशा, नेतृत्व चयन तथा प्रवासी नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जानकारी प्राप्त भएकोछ।

अधिवेशनको लागि मञ्चले नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयासिल संघ संस्था, मिडियाकर्मी, समाजसेवी, वुद्धिजीवि एवं कुवेतवासी सम्पुर्ण नेपालीहरूमा निमन्त्रणा पठाइ सकिएको जनाउँदै निमन्त्रणा प्राप्त नभएको भए पनि यसै समाचारलाइ निमन्त्रणा मानी अधिवेशन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिन सबैमा हार्दिक अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...