Wednesday 5th August 2026

कुवेतमा पुनः ५० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने चेतावनी


कुवेतमा आगामी केही दिन अत्यधिक गर्मी रहने मौसमविद्हरूले चेतावनी दिएका छन्। कुवेत मौसम विभागका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। बुधबार देशका विभिन्न भागमा तापक्रम ४६ देखि ४८ डिग्री सेल्सियस बीच मापन गरिएको थियो।

मौसम विभागका कार्यवाहक निर्देशक धरार अल-अलीका अनुसार हाल देशमा उच्च आर्द्रता (ह्युमिडिटी) र हल्का कुहिरोको प्रभाव देखिएको छ। विशेषगरी तटीय क्षेत्रमा दृश्यता (भिजिबिलिटी) घटेको छ, जसका कारण सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

उनका अनुसार आगामी दिनमा हावाको दिशा उत्तरपश्चिमतर्फ परिवर्तन भएपछि आर्द्रतामा केही कमी आउनेछ। तर आइतबारदेखि पुनः तातो र अत्यधिक आर्द्र मौसम फर्किने भएकाले गर्मीको प्रभाव अझ बढ्ने सम्भावना रहेको छ।

मौसमविद्हरूले सर्वसाधारणलाई दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा वृद्ध, बालबालिका र बाहिरी क्षेत्रमा काम गर्ने श्रमिकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...