Tuesday 22nd September 2026

भारतमा खस्कदो विजेपी को जनाधार ?


बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी गीताञ्जली जे आङ्मोले त्यसलाई भारतीय राजनीतिमा परिवर्तनको संकेतका रूपमा व्याख्या गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै हालका घटनाक्रमले देशको राजनीतिक धार बदलिन थालेको सन्देश दिएको बताएकी हुन्।

गीताञ्जलीले लेखेकी छन्, “पहिले जन्तर–मन्तरको आन्दोलनपछि राजीनामा भयो। अहिले प्रशान्त किशोरले लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा) को बलियो गढ मानिएको बाँकीपुरमा उल्लेखनीय जित हासिल गरेका छन्।” उनका अनुसार यी घटनाहरूले जनताले नयाँ राजनीतिक विकल्प खोज्न थालेको संकेत दिन्छन्।

उनले एक निर्वाचनको नतिजाले मात्रै कुनै क्रान्तिको घोषणा नगर्ने उल्लेख गर्दै, “तर कहिलेकाहीँ साना–साना चिराहरूले पनि भित्र ठूलो परिवर्तन भइरहेको संकेत दिन्छन्,” भन्ने टिप्पणी गरेकी छन्। साथै उनले भारतमा अब नयाँ राजनीतिक भाषा, नयाँ शैली र नयाँ नेतृत्वप्रति जनताको अपेक्षा बढिरहेको हो कि भन्ने प्रश्नसमेत उठाएकी छन्।

गीताञ्जलीले आफ्नो टिप्पणीको अन्त्यमा, “के भारत अब नयाँ प्रकारको राजनीतिका लागि तयार हुँदैछ? के अब साँच्चै ‘अच्छे दिन’ आउन थालेका हुन्?” भन्ने प्रश्न राख्दै वर्तमान राजनीतिक परिवर्तनप्रति आशा व्यक्त गरेकी छन्।

बाँकीपुर उपनिर्वाचनमा जन सुराज पार्टीका अध्यक्ष प्रशान्त किशोरले भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्। प्रशान्त किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा नीरज कुमारले ४४ हजार ८२७ मत पाएका छन्। यो परिणामलाई बिहारको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।


सम्बन्धित शीर्षकहरु

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

प्रतिकृयाहरू
...