Thursday 29th October 2026

मालीमा विद्रोही आक्रमण : कम्तीमा ५० सैनिक मारिए, २४ बन्धक


मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने २४ जना सैनिक बन्धक बनाइएका बताइएको छ। शनिबार अनेफिसबाट बाहिरिँदै गरेको माली सेनाको काफिलामाथि घात लगाएर आक्रमण गरिएको थियो।

यसअघि जुलाईको सुरुतिर विद्रोही समूहहरूले अनेफिस शहर कब्जा गरी माली सेना र रुसी सहयोगी बलले प्रयोग गर्ने सैनिक आधारलाई घेरेका थिए। आक्रमणको जिम्मेवारी टुआरेग अलगाववादी समूह र ‘ग्रुप फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम्स’ले लिएका छन्।

स्थानीय अधिकारीहरूले यसलाई माली सेनामाथि पछिल्ला वर्षहरूकै सबैभन्दा घातक आक्रमणमध्ये एक बताएका छन्। यद्यपि सेनालाई सहयोग गरिरहेका रुसी अर्धसैनिक बलका सदस्यहरू आक्रमणको समयमा घटनास्थलमा नभएकाले उनीहरूको कुनै क्षति भएको छैन। लगातारको असुरक्षा र विद्रोही गतिविधिका बीच मालीको सैनिक सरकारले सुरक्षा अवस्था सुधार गर्ने चुनौती सामना गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...