इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने चेतावनी दिएको थियो । इजरायलले लेबनानमा सैन्य अभियान जारी राखेको बदलामा इरानले इजरायलमाथि प्रत्याक्रमण गरेको जनाएको छ ।
इजरायलले आक्रमण दोहोऱ्याए थप व्यापक प्रतिक्रिया दिइने र सबै अमेरिकी तथा इजरायली लक्ष्यलाई निशाना बनाइने पनि चेतावनी दिएको छ। इरानले रामात डेभिड एयरबेसमा मिसाइल प्रहार गरेको दाबी गरेको छ र अमेरिका तथा इजरायललाई युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाएको छ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध नटुंगिएसम्म अमेरिकी सेना मध्यपूर्वबाट फिर्ता नजाने बताएका छन् । उनले वार्ताबाट समाधान खोज्ने इच्छा व्यक्त गरेका छन् तर शान्ति सम्झौता नभएसम्म इरानमाथिको प्रतिबन्ध हटाउने वा उसका सम्पत्ति फुकुवा नगर्ने बताएका छन् ।
इरानका अनुसार अमेरिकासँगको वार्ता वाशिङ्टनका अस्थिर र विरोधाभासी धारणा कारण अवरुद्धजस्तै भएको छ।