Thursday 29th October 2026

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण शुरू गर्यो


इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने चेतावनी दिएको थियो । इजरायलले लेबनानमा सैन्य अभियान जारी राखेको बदलामा इरानले इजरायलमाथि प्रत्याक्रमण गरेको जनाएको छ ।

इजरायलले आक्रमण दोहोऱ्याए थप व्यापक प्रतिक्रिया दिइने र सबै अमेरिकी तथा इजरायली लक्ष्यलाई निशाना बनाइने पनि चेतावनी दिएको छ। इरानले रामात डेभिड एयरबेसमा मिसाइल प्रहार गरेको दाबी गरेको छ र अमेरिका तथा इजरायललाई युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाएको छ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध नटुंगिएसम्म अमेरिकी सेना मध्यपूर्वबाट फिर्ता नजाने बताएका छन् । उनले वार्ताबाट समाधान खोज्ने इच्छा व्यक्त गरेका छन् तर शान्ति सम्झौता नभएसम्म इरानमाथिको प्रतिबन्ध हटाउने वा उसका सम्पत्ति फुकुवा नगर्ने बताएका छन् ।

इरानका अनुसार अमेरिकासँगको वार्ता वाशिङ्टनका अस्थिर र विरोधाभासी धारणा कारण अवरुद्धजस्तै भएको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...