Thursday 29th October 2026

होर्मुज संकट गहिरिँदै: अमेरिकी हमलापछि इरानको प्रतिकार


अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकीले इरानको बन्दर अब्बासमा आक्रमण गरेपछि इरानले प्रतिकार स्वरूप कुवेततर्फ मिसाइल र ड्रोन हमला गर्यो जसलाई कुवेती हवाइ प्रतिरक्षा प्रणालीले रोकेको छ। यो आक्रमण अमेरिकाले होर्मुज क्षेत्र र बन्दार अब्बासमा इरानी ड्रोन तथा सैन्य स्थलमाथि निशाना बनाएपछि भएको हो।

अमेरिकाले आफ्नो कारबाहीलाई आत्मरक्षात्मक र युद्धविराम जोगाउन गरिएको बताएको छ भने इरानले त्यसलाई उल्लङ्घन भन्दै प्रतिकार जनाएको छ।

यस घटनाले दुई देशबीचको कमजोर युद्धविराम झन् जोखिममा परेको छ, र क्षेत्रीय तनाव बढ्दै गएको छ। साथै, होर्मुज जलमार्गमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा असर परेको छ, र इरानले जहाजबाट शुल्क असुल्ने नीति जारी राखेको छ।

दुवै पक्षबीच युद्ध अन्त्यका लागि वार्ता जारी भए पनि सम्झौता अझै अनिश्चित छ, र आवश्यक परे थप ठूलो आक्रमण हुन सक्ने संकेत दिएको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...