Monday 14th September 2026

होर्मुज संकट गहिरिँदै: अमेरिकी हमलापछि इरानको प्रतिकार


अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकीले इरानको बन्दर अब्बासमा आक्रमण गरेपछि इरानले प्रतिकार स्वरूप कुवेततर्फ मिसाइल र ड्रोन हमला गर्यो जसलाई कुवेती हवाइ प्रतिरक्षा प्रणालीले रोकेको छ। यो आक्रमण अमेरिकाले होर्मुज क्षेत्र र बन्दार अब्बासमा इरानी ड्रोन तथा सैन्य स्थलमाथि निशाना बनाएपछि भएको हो।

अमेरिकाले आफ्नो कारबाहीलाई आत्मरक्षात्मक र युद्धविराम जोगाउन गरिएको बताएको छ भने इरानले त्यसलाई उल्लङ्घन भन्दै प्रतिकार जनाएको छ।

यस घटनाले दुई देशबीचको कमजोर युद्धविराम झन् जोखिममा परेको छ, र क्षेत्रीय तनाव बढ्दै गएको छ। साथै, होर्मुज जलमार्गमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा असर परेको छ, र इरानले जहाजबाट शुल्क असुल्ने नीति जारी राखेको छ।

दुवै पक्षबीच युद्ध अन्त्यका लागि वार्ता जारी भए पनि सम्झौता अझै अनिश्चित छ, र आवश्यक परे थप ठूलो आक्रमण हुन सक्ने संकेत दिएको छ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब…

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार…

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

प्रतिकृयाहरू
...